Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १७ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई पोषिलो कोसेली वितरण गरेको छ । पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रममार्फत गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ का नियमित रूपमा स्वास्थ्य चौकीमा गर्भ जाँच गराउने २ सय ४२ जना गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गर्भवती महिलालाई आधा किलो घ्यू, आधा किलो मह, एक क्यारेट अण्डा, एक प्याकेट आयोडिनयुक्त नुन र एक थान साबुन प्रदान गरिएको बहुक्षेत्रीय पाेषण कार्यक्रमकी सहजकर्ता कुसुम पाठकले जानकारी दिइन् । वितरण गरिएका लाभग्राहीमध्ये वडा नम्बर ३ का ८२ जना, वडा नम्बर ४ का ५२ जना, वडा नम्बर ५ का ६० जना र वडा नम्बर ६ का ४८ जना गर्भवती महिला रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गर्भवती महिलाको स्वास्थ्य र पोषणमा लगानीले स्वस्थ समाज निर्माणको आधार भएको बताए । उनले नियमित स्वास्थ्य परीक्षणसँगै सन्तुलित र पोषणयुक्त आहार सेवन गर्न आग्रह गर्दै यस्ता कार्यक्रमले आमा र शिशुको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै पोषण सम्बन्धी सचेतना वृद्धि र कुपोषण न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने वडा अध्यक्षहरुकाे भनाई छ । यस्ता कार्यक्रमले गर्भवती महिलाको पोषण अवस्था सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गर्भावस्थामा आवश्यक पोषणको सुनिश्चितता गर्दै आमा तथा शिशुको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहमा पोषणमैत्री शासन प्रवर्द्धन गर्दै कुपोषण न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ पोषिलो कोसेली वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP