Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ११ भदौ ।

कपिलवस्तु । नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने कोशी, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीसहितका जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति विजयनगर गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा जारी गरेको हार्दिक अपिलमार्फत बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको हो ।

गाउँपालिकाले बाढीबाट घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको उचित व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, बेपत्ता नागरिकको शीघ्र खोज तथा उद्धार, राहत वितरण र विस्थापितको सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकारलाई सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरिएको छ ।

यसैबीच विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विजयनगर गाउँपालिका, जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको तर्फबाट एकमुष्ट १० लाख १ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गाउँपालिकाले प्राकृतिक विपत्ति कुनै एक भुगोल वा सरकारको मात्र विषय नभई समग्र राष्ट्रको साझा सरोकारको विषय भएको उल्लेख गर्दै विपद्को समयमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP