कृष्णनगर, १५ भदौ ।
कपिलवस्तुको बहादुरगञ्जमा आगामी २०८३ साल भदौ २० गते शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोग तथा बहादुरगञ्ज आँखा उपचार तथा सर्जिकल सेन्टर कृष्णनगरको आयोजना तथा व्यवस्थापनमा शिविर सञ्चालन हुन लागेको हो ।
शिविरमा मोतियाबिन्दु तथा आँखासम्बन्धी समस्या भएका बिरामीको निःशुल्क आँखा परीक्षण गरिने आयोजकले जनाएको छ । आँखा जाँच बहादुरगञ्ज आँखा उपचार तथा सर्जिकल सेन्टर कृष्णनगर बसस्टेन्ड नजिक कपिलवस्तुमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
शिविरमा छनोट भएका मोतियाबिन्दुका बिरामीको भदौ २१ गते छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । सूचना अनुसार SICS प्रविधिबाट निःशुल्क अप्रेसन तथा फेको प्रविधिबाट गरिने अप्रेसनमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
आँखामा समस्या भएका तथा मोतियाबिन्दुको शंका भएका सबैलाई शिविरमा सहभागी भई अवसरको फाइदा उठाउन आयोजकले आग्रह गरेको छ । हालका आँखा शिविरहरूले स्थानीयस्तरमै परीक्षण र उपचारको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया