कपिलवस्तु, ४ भदौ ।
बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा कपिलवस्तुको चन्द्रौटा चोकमा शोक दीप प्रज्वलन गरिएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीयवासी तथा सरोकारवालाले चन्द्रौटा चोकमा दीप प्रज्वलन गरी बालिका गरिमाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। सहभागीहरूले घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।
क्रूर घटनाले समाजमा बालबालिकाको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै सहभागीहरूले यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा दिवंगत बालिका गरिमा चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया