Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ३ भदौ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-७ गणेशपुरमा अवस्थित लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको शिलान्यास गरिएको छ । पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताकी श्रीमती स्वतन्त्रता देवी गुप्ता, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा अध्यक्ष दिनेश कुमार चौधरीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट भवन निर्माण हुन लागेको हो । विद्यालय प्रशासनका अनुसार करिब १ करोड रुपैयाँकाे लागतमा भवन निर्माण हुनेेछ ।

शिलान्यास कार्यक्रममा स्वतन्त्रता देवी गुप्ताले स्वर्गीय श्रीमान् मंगलप्रसाद गुप्ताको शैक्षिक क्षेत्रप्रति विशेष लगाव रहेको बताइन् । शिक्षा क्षेत्रलाई सधैँ प्राथमिकतामा राख्ने उनको सोचअनुसार विद्यालयको विकासमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनले विजयनगरलाई टिनको छानामुक्त विद्यालय बनाउने अभियानमा स्थानीय सरकार लागिरहेको उल्लेख गर्दै नयाँ भवन निर्माणले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा पठनपाठन गर्ने अवसर मिल्ने बताए ।

उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयको भौतिक पूर्वाधार बलियो भए मात्र शिक्षण-सिकाइलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन् । उनले विद्यार्थीको आवश्यकता र विद्यालयको अवस्थालाई ध्यानमा राखेर विकास निर्माणका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले विद्यालयको नयाँ भवन निर्माणले वडाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले भवन निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद यादवले नयाँ भवन निर्माणपछि कक्षाकोठाको अभाव कम हुने र विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने बताए । विद्यालयको समग्र विकासका लागि स्थानीय सरकार, समुदाय र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

प्रधानाध्यापक श्याम प्रकाश चौधरीले नयाँ भवन विद्यालयका लागि महत्वपूर्ण उपलब्धी भएको बताए । उनले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थप व्यवस्थित हुने र विद्यार्थीका लागि सुरक्षित तथा सुविधा सम्पन्न शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, समाजसेवी गाेपाल प्यारे चन्देल, विजय कुमार चाैधरी, शिक्षाप्रेमी, शिक्षा तथा अभिभावकहरुकाे उपस्थिति रहेको थियोे ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP