Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ३ भदौ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-६ बद्धाैरमा रहेको विजयनगर आधारभूत सेवा अस्पतालमा डिजिटलाइजेशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जीआइजेडको सहयोगमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अस्पतालमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धी अभिमुखीकरण गरिएको हो ।

बिरामीको विवरण, उपचारको रेकर्ड, स्वास्थ्य परीक्षणका रिपोर्ट तथा औषधी सम्बन्धी जानकारीलाई कागजी प्रणालीको सट्टा डिजिटल प्रणालीमा व्यवस्थित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अस्पतालले जनाएको छ । डिजिटल प्रणालीको प्रयोगले बिरामीको विवरण सहजै खोज्न सकिने, उपचार प्रक्रियालाई व्यवस्थित बनाउने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्य सेवामा प्रविधिको प्रयोग समयअनुकूल आवश्यकता भएको बताए । उनले डिजिटल प्रणालीले अस्पतालको सेवा छिटो, व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले अस्पतालको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाइजेशन महत्वपूर्ण रहेको बताए । उनले डिजिटल प्रणालीको प्रभावकारी प्रयोगबाट बिरामीको अभिलेख व्यवस्थापन सहज हुनुका साथै सेवा प्रवाहलाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने बताए ।

अस्पताल इन्चार्ज इन्द्र प्रसाद भण्डारीले डिजिटलाइजेशनले बिरामीको स्वास्थ्य सम्बन्धी विवरण सुरक्षित राख्न र आवश्यक पर्दा सहजै प्राप्त गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा ६ नम्बरका वडा अध्यक्ष प्रेम बहादुर कलवार, अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP