विजयनगर, ६ भदौ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा (एमाले) को विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ कार्यक्रम सम्पन्न भएको छ । एमालेले प्रत्येक वडामा मिसन पार्टी जागरण अभियानलाई तीव्रता दिने जनाएको । गाउँ कमिटीले तय गरेकाे मिति अनुसार वडाहरुमा अभियानलाई चलाउनेछ ।
कार्यक्रममा एमाले पोलिट ब्युरो पूर्व सदस्य तथा पूर्व राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले पार्टीलाई थप सुदृढ बनाउन संगठन विस्तारसँगै कार्यकर्ताबीच एकता र सक्रियता आवश्यक रहेको बताइन् । उनले पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउँदै जनताको विश्वास जित्ने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरिन् ।
एमाले प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाले संगठनलाई बलियो बनाउन प्रत्येक कार्यकर्ता जनतासँग जोडिनुपर्ने बताए । उनले पार्टी सदस्यता विस्तार, संगठन सुदृढीकरण र जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव चन्द्र बहादुर गहतराजले संगठन र पार्टी सदस्यताका विषयमा जानकारी गराएका थिए । उनले संगठन विस्तार तथा सदस्यता अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।
कार्यक्रमलाई गाउँ कमिटी अध्यक्ष थर्कबहादुर खन्गाहा, उपाध्यक्ष दिनेशकुमार चौधरी र सचिव गोकर्ण प्रसाद सापकोटाले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरूको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया