Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

 

कृष्णनगर, ७ भदौ ।

कपिलवस्तुमा प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार छुट्टाछुट्टै घटनामा उनीहरूलाई पक्राउ गरिएको हो ।

कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका-३ का ३४ वर्षीय रतिमा रोका, कपिलवस्तु विजयनगर गाउँपालिका-४ ज्योतिनगरका ४५ वर्षीय फनिसरा सारु, ५६ वर्षीय नन्सरी घर्ती मगर, पर्सा ठोरी गाउँपालिका-२ का ४८ वर्षीय चुमा लामिछाने र दाङ राजपुर गाउँपालिका-३ का ४३ वर्षीय विमला पुन रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ ५ किलो २ सय २५ ग्राम, अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो र पाँच थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, साउन ६ गते शिवराज नगरपालिका-५ चन्द्रौटास्थित सुन्दर टोलबाट १८ वर्षीय अनुप नेपालीलाई पनि लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट खैरो हिरोइनजस्तो देखिने लागूऔषध ५ सय ८० मिलिग्राम र एक थान मोबाइल बरामद भएको थियो ।

उनलाई समेत जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP