Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

(विजयनगर) कपिलवस्तु, १९ असार ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय नागरिकले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, सडक पूर्वाधार लगायतका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए ।

सार्वजनिक सुनुवाईमा राज कुमार यादव, कमला गुरुङ, सरिता पाण्डे, गौतम यादव, हरि बस्याल लगायतले विकास निर्माणमा ढिलासुस्ती, केही योजनाको गुणस्तर, सेवा प्रवाहमा सुधार तथा सुशासनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

उठेका प्रश्न र गुनासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सार्वजनिक सुनुवाई नागरिकप्रति गाउँपालिकाको जवाफदेहिता र पारदर्शिता कायम गर्ने महत्वपूर्ण माध्यम भएको बताए । उनले नागरिकबाट प्राप्त सुझाव र गुनासालाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले थप जिम्मेवार र उत्तरदायी बनाइने उल्लेख गर्दै नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेकाे बताए ।

कार्यक्रममा शाखा प्रमुख तथा वडा अध्यक्षहरूले पनि आ-आफ्नो क्षेत्रसँग सम्बन्धित जिज्ञासाको जवाफ दिएका थिए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुकी उपाध्यक्ष दीपा महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सदस्य राम प्रघट कोरीले गरेका थिए भने सञ्चालन पत्रकार जानु पाण्डेले गरेका थिए ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP