Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १६ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनबाट आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ ।

गाउँपालिकाले असार ९ गते प्रस्तुत गरेको ६८ करोड ११ लाख ७८ हजार ६ सय रुपैयाँ बराबरको बजेटमाथि विस्तृत छलफलपछि मंगलबार बसेको दोस्रो बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । पारित बजेटमध्ये चालुतर्फ ४९ करोड ९९ लाख ३७ हजार रुपैयाँ (७३.४० प्रतिशत) तथा पुँजीगततर्फ १८ करोड १२ लाख ४१ हजार ६ सय रुपैयाँ (२६.६० प्रतिशत) विनियोजन गरिएको छ ।

पारित नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा विस्तार, सिँचाइ विकास, पूर्वाधार निर्माण, रोजगार सिर्जना, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सुशासन प्रवर्द्धन र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ । साथै कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण, सडक सञ्जाल विस्तार, प्रविधिको विकास, सार्वजनिक सेवामा नागरिकको सहज पहुँच तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सीमित स्रोत-साधनको प्रभावकारी उपयोग गर्दै नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई केन्द्रमा राखेर समृद्ध विजयनगर निर्माणको अभियानलाई अगाडि बढाइने उल्लेख गरे ।

उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बजेट तथा कार्यक्रम समावेशी, जनमुखी र परिणाममुखी रहेको बताउँदै महिला, बालबालिका, किसान तथा विपन्न समुदायको हितलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी कार्यान्वयनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै स्वीकृत कार्यक्रम समयमै सम्पन्न गर्न प्रशासनिक संयन्त्र सक्रिय रहने बताए ।

गाउँसभाबाट आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत सर्वसम्मत रूपमा पारित गरिएको छ । गाउँपालिकाले पारित नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमार्फत समृद्ध, आत्मनिर्भर र विकासमुखी विजयनगर निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP