कृष्णनगर, १६ असार ।
लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय तथा ८० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका-४ देउपुराका ३३ वर्षीय बब्लु भनिने बुधई यादवलाई इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ गरेको हो ।
यादवलाई मिति २०८० असार २७ गते दाङ जिल्ला अदालतले लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तथा २०८१ असार १४ गते कपिलवस्तु जिल्ला अदालतले सोही मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । दुबै मुद्दाको फैसला अनुसार उनीमाथि कुल १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
कैद भुक्तानका लागि कारागार चलान गरिएका यादव २०८२ भदौ २४ गते दाङको तुल्सीपुर कारागारमा भएको तोडफोड तथा आन्दोलनका क्रममा फरार भएका थिए ।
फरार अभियुक्तको खोजी कार्यलाई तीव्र बनाउँदै आएको प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक महेश कुमार आचार्यको नेतृत्वमा खटिएको टोलीले उनलाई विजयनगर गाउँपालिका-४ स्थित जोलाही चोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका यादवलाई २०८३ असार १५ गते कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराई थप कारवाहीका लागि कारागार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया