Trending
flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित

विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १५ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाका थप पाँच ओटा सामुदायिक विद्यालयलाई पत्रु खाना (जंक फुड) निषेधित विद्यालय घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा आयोजित सामुदायिक विद्यालयमा अस्वस्थकर खाना नियमन तथा नियन्त्रण सम्बन्धी फलोअप बैठक तथा घोषणा सभामा विद्यालयहरूलाई जंक फुड निषेधित विद्यालयको प्रमाण-पत्र प्रदान गरिएको हो ।

पत्रु खाना निषेधित गर्ने कार्यविधि तथा निर्देशिका बमोजिम आवश्यक मापदण्ड र प्रक्रियाहरू पूरा गरेपछि दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौली, भुवनेश्वरी माध्यमिक विद्यालय जगदीशपुर, हरिबोध माध्यमिक विद्यालय प्रेमनगर, जनजागृति माध्यमिक विद्यालय लोहरौला तथा शिव माध्यमिक विद्यालय डालपुरलाई जंक फुड निषेधित विद्यालयका रूपमा प्रमाणित गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि लाैटनराम द्राेपदी देवी माध्यमिक विद्यालय गणेशपुरलाई पत्रु खाना निषेधित गरिएको थियोे ।

विद्यालय परिसरमा पत्रु खानाको बिक्री-वितरण तथा प्रयोग नियन्त्रण गर्दै स्वस्थकर खानाको प्रवर्द्धन, विद्यालय दिवा खाजा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विद्यार्थीमा स्वस्थ खानपानको बानी विकास गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालय तहबाटै स्वस्थ जीवनशैलीको विकास गर्न जंक फुड नियन्त्रण अभियान प्रभावकारी हुने बताइन् । उनले बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि विद्यालय, अभिभावक तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विद्यालयलाई जंक फुडमुक्त बनाउने अभियानलाई निरन्तरता दिइने बताइन् ।

त्यसैगरी स्वास्थ्य चाैकी गणेशपुरका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक गौतम रायले पत्रु खानाको बढ्दो प्रयोगले बालबालिकामा मोटोपना, कुपोषण, मधुमेह तथा अन्य नसर्ने रोगहरूको जोखिम बढाइरहेको बताए । उनले जंक फुड निषेधित विद्यालय घोषणा केवल प्रमाण-पत्र प्राप्त गर्ने विषय मात्र नभई स्वस्थ शैक्षिक वातावरण निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै विद्यालयहरूले मापदण्डलाई निरन्तर पालना गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले विद्यालय तहबाटै अस्वस्थकर खानाको प्रयोग नियन्त्रण गरी बालबालिकाको स्वास्थ्य संरक्षण तथा पोषण सुधारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ । साथै आगामी दिनमा समेत विद्यालयहरूको नियमित अनुगमन गरी जंक फुडमुक्त वातावरण कायम राख्न पहल गरिने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP