Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २९ बैशाख ।

विजयनगर गाउँपालिका- २ स्थित वडा कार्यालय लालपुरमा सञ्चालन हुँदै आएको आयुर्वेद स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँघर तथा सहरी क्लिनिक एवं नसर्ने रोग सञ्चालन कार्यक्रममार्फत प्रदान गरिएको सेवाबाट स्थानीय सेवाग्राही उत्साहित भएका छन् । यस कार्यक्रममार्फत एक वर्षमा ६ सय भन्दा बढी सेवाग्राहीहरु लाभ लिएका छन् ।

विजयनगर आयुर्वेद शाखाका अनुसार याे बैशाख महिनामा मात्रै ७२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् । सेवा अन्तर्गत उच्च रक्तचापका १० जनाको परीक्षण गरिएको थियो भने ३२ जनाको रेन्डम रक्त जाँच गर्दा १२ जनामा मधुमेह समस्या देखिएको आयुर्वेद शाखाकी प्रमुख बिमला कुमारी चौधरीले जानकारी दिइन् ।

उनका अनुसार सेवा लिन आउने अधिकांश बिरामीहरू बाथरोग, मधुमेह, श्वासप्रश्वास सम्बन्धी समस्या तथा अम्लपित्त (ग्यास्ट्रिक) समस्याबाट पीडित रहेका छन् । कार्यक्रममा ८ जना ज्येष्ठ नागरिकले समेत सेवा लिएका थिए ।

स्थानीय तहमै नियमित रूपमा स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीलाई उपचारमा सहज भएको बताइएको छ । विशेषगरी टाढा स्वास्थ्य संस्था पुग्न कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू यस सेवाबाट लाभान्वित भएका छन् । नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी सेवाले बिरामीलाई उपचारप्रति सचेत र नियमित हुन मद्दत पुगेको जनाइएको छ ।

स्थानीय सेवाग्राहीहरूले गाउँमै स्वास्थ्य जाँच तथा परामर्श सेवा पाउँदा समय र खर्च दुबै बचत भएको बताएका छन् । नियमित सञ्चालन हुँदै आएको यस कार्यक्रमले नसर्ने रोगको पहिचान तथा नियन्त्रणमा समेत सकारात्मक योगदान पुर्‍याएको जनाइएको छ ।

विजयनगर गाउँपालिका-२ वडा कार्यालय लालपुरमा प्रत्येक महिनाको १४ र २९ गते सेवा प्रदान गरिँदै आएको छ । यदि उक्त दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट सेवा सञ्चालन गरिने आयुर्वेद शाखाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP