कृष्णनगर, १४ असार ।
कपिलवस्तुको शिवराज अस्पतालले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards-MSS) मूल्यांकनमा लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरू मध्ये सर्वाधिक अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको छ ।
शिवराज अस्पतालका डा. दुर्गेश चाैधरीका अनुसार सार्वजनिक गरिएको MSS ड्यासबोर्ड अनुसार शिवराज अस्पतालले ६२ अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालमध्ये पिपरा अस्पतालले ६०, चिसापानी अस्पतालले ५९ र लमही अस्पतालले ५९ अंक प्राप्त गरेका छन् । यससँगै शिवराज अस्पताल प्रदेशकै उत्कृष्ट प्राथमिक अस्पतालका रूपमा स्थापित भएको उनलेे बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको न्यूनतम सेवा मापदण्ड मूल्यांकनले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन, जनशक्ति, पूर्वाधार, औषधी तथा उपकरण व्यवस्थापन लगायत विभिन्न सूचकका आधारमा अंक प्रदान गर्ने गर्दछ ।
यस्तै शिवराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले यो उपलब्धी सम्पूर्ण अस्पताल परिवारको सामूहिक प्रयासको परिणाम भएको बताउँदै सेवाग्राहीप्रति आभार व्यक्त गरे । उनले प्राप्त सफलताले थप जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा सेवा गुणस्तर, व्यवस्थापन र बिरामीमैत्री सेवामा अझ सुधार गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।
यसैगरी कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले शिवराज अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट अंक प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले याे उपलब्धी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा व्यवस्थापनको सामूहिक मिहिनेतकाे परिणाम भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि नगरपालिकाले सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया