Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २९ बैशाख ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ मा बारिष्टा तालिम सुरु भएको छ । २ नम्बर वडा कार्यालयकाे सहयोग र एस.पि.एस.ए. कम्प्यूटर इन्स्टिच्युटको प्राविधिक सहयोगमा बारिष्टा तालिम सञ्चालन गरिएको वडा कार्यालयमा कार्यरत कर्मचारी प्रवेज अहमद खानले जानकारी दिए । वडा कार्यालयले युवाहरुलाई लक्षित गर्दै ३५ दिने सीपमूलक “बारिष्टा तालिम” मंगलबारदेखि सुरु गरेको उनले जनाए ।

वडाभित्रका २० जना युवायुवतीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम उक्त सुरु गरिएको वडा कार्यालयले जनाएको छ । तालिममार्फत युवाहरुलाई कफी बनाउने कला, ग्राहक सेवा तथा व्यावसायिक सीप प्रदान गरिने एस.पि.एस.ए. कम्प्युटर इन्स्टिच्युटका प्रमुख सुबास यादवले बताए ।

तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नेपाल चौधरीले युवाहरुलाई सीपसँग जोडेर रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले युवाहरुलाई सीपसँग जोड्न सके मात्रै आत्मनिर्भर बनाउन सकिने बताउँदै यस्ता तालिमले भविष्यमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै वडा सदस्य नितु दर्जीले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्दै युवाहरुलाई अवसरको सदुपयोग गर्न सुझाव दिइन् । सीप सिकेर मात्र नभएर त्यसलाई व्यवहारमा लागू गरेर आयआर्जनमा जोडिनु आवश्यक रहेको उनले बताइन् ।

कार्यक्रममा सहभागी युवाहरुले तालिमबाट व्यावसायिक ज्ञान र व्यवहारिक सीप हासिल हुने अपेक्षा गरेका छन् । कार्यक्रममा कार्यपालिका सदस्य रुन्नति देवी पाण्डे, वडा सदस्य सहरु भर लगायतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP