Trending
flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित

श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १८ असार।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले श्रमिक तथा उद्यमीलाई सम्मान गरेकाे छ । गाउँपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत २८ जनालाई श्रमिक तथा उद्यमीलाई सम्मान गरेकाे हाे । उनीहरुकाे याेगदानको उच्च मूल्यांकन गर्दै बिहिबार सम्मान गरेकाे गाउँपालिकाले जनाएको छ ।

“श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित गाउँपालिकाको सभाहल, खडैचामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा श्रम र उद्यममार्फत उदाहरणीय योगदान पुर्‍याएका २८ जना श्रमिक तथा उद्यमीलाई सम्मान गरिएको राेजगार सेवा केन्द्रका प्रमुख श्याम पुनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले श्रम नै समृद्धिको आधार भएकाले श्रमिक र उद्यमीको सम्मान गर्नु गाउँपालिकाको दायित्व भएको बताए । उनले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । उनले व्यवसाय नै देश विकासकाे मेरुदण्ड भएकाे भन्दै उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमीहरुकाे महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमले श्रमिक र उद्यमीको मनोबल बढाउनुका साथै उत्पादनमूलक क्षेत्रमा लाग्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाले सीप विकास, स्वरोजगार र उद्यम प्रवर्द्धनका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउँदै श्रमको सम्मान र उद्यमशीलताको प्रवर्द्धनमार्फत स्थानीय आर्थिक विकासलाई सुदृढ बनाइने जिकिर गरे ।

कार्यक्रममा १ का वडा अध्यक्ष इन्नर थारु, २ का वडा अध्यक्ष नेपाल चाैधरी, ४ का वडा अध्यक्ष तिलकराम कँडेल, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, प्रशासन शाखा प्रमुख बाेधराज भुसाल लगायतकाे उपस्थिति थियोे ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP