आफै पनि धरापमा रहेको सरकारका विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने तयारी गरेको छ । सरकारका धेरै गतिविधिका विरुद्धमा संसद, सञ्चार माध्यमलागयतबाट खबरदारी गर्दै आइरहेको काँग्रेसले सरकारका विरुद्धमा आन्दोलन नै घोषणा गर्ने तयारी गरेको हो ।
भ्रष्टाचार, कुशासन, अकर्मण्ड्यतालगायतले सरकार गैरजिम्मेबार देखिएको र जनताप्रतिको आधारभूत दायित्व पनि निर्वाह गर्न नखोजेको भन्दै काँग्रेसले सरकार विरुद्ध आन्दोलनमा उत्रिन बाध्य भएको केन्द्रीय सदस्य तथा सांसद डा डिला संग्रौलाले जानकारी दिनुभयो ।
काँग्रेसको आज दिउसो २ बजेपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनको स्वरुपका बारेमा छलफल गर्ने उहाँले बताउनुभयो ।
तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो प्रकरण, ओम्नी, मुल्यबृद्धि, कोरोनामा बेवस्ता लगायतका दर्जनौ विषयमा पटक पटक दवाव दिदाँ पनि सरकारले सच्चिने संकेत नदेखाएकाले आन्दोलनमा जानुको विकल्प नभएको उहाँको भनाई छ ।
बैठकमा अन्य समसामयीक विषयमा पनि छलफल हुने डा संग्रौलाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा संसद अधिवेशन आकस्मीक रुपमा अन्त्य गरेको, सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेको, पार्टीको महाधिवेशनको तयारीलगायतका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया