काठमाडौँ । नेकपाका नेता टोपबहादुर रायमाझीले नेकपामा अहिले देखिएको गुटबन्दीको अन्त्य नभए यसले पार्टीलाई विभाजनमा पुर्याउने चेतावनी दिनुभएको छ । उहाँले पार्टी एकिकरण गर्दा आगामी महाधिवेशनसम्म सहमतिमा जाने र बहुमत वा अल्पमतका आधार कुनै पनि निर्णय नगर्ने भन्ने विषय गुटबन्दीका कारण हराएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता रायमाझीले गुटका कारण नेकपामा सहमतिको वातावरण भाँडिदै गएको दावी गर्नुभयो । उहाँले आफु कुनैपनि गुट र क्याम्पको पक्षमा नरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीको निर्माण गर्दा भएका सहमति कसैबाट पनि पालना नभएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो,‘सहमतिका आधारमा महाधिवेशनसम्म जाने र सवै कुरा सहमतिबाट गर्नुपर्छ भनेर सहमति गरेको हो । हामीले बहुमतिय खेलमा लाग्न हुदैन र सहमतिको आधारमा नजाने हो भने यसले पार्टीलाई विभाजनमा पुर्याउँछ । । लोकतन्त्रमा बहुमत र अल्मतको कुरालाई नर्कान नसकिने भएपनि हाम्रो सहमति अनुसार पार्टीलाई एकताबद्ध बनाउन सहमतिमै जानुपर्छ ।’
रायमाझीले अहिलेसम्म पार्टी एकताको काम पुरा नभएको भन्दै अहिले देश र जनताका आगाडी पार्टी भनेका कुराहरुप्रति जोड दिनुपर्नेमा अरुनै विषयहरु आएकाले सीमा र कोरोना कहरले पुर्याउने क्षति अझेलमा परेको टिप्पणी गर्नुभयो । यी समस्या सल्टाउन अहिले पार्टी र सरकार मिलेर लाग्नुपर्ने समयमा सत्तापक्षमै पक्ष र प्रतिपक्ष भएकाले पार्टीमा विवाद चुलिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था आयो भने पनि सहमतिबाट गर्नुपर्छ । जे गर्दा पार्टी र सरकार परिणाममुखि हुन्छ, त्यो हिसावको सहमतिमा जानुपर्छ । अर्का अध्यक्षले राजीनामाको कुरा उठाएको हो भने पनि पार्टीमा छलफल गरौँ र सहमतिबाटै जाऊ । दुवै अध्यक्षका विषयमा पार्टीले मुल्याकन गर्नुपर्छ र यसले मात्रै नेकपाको विवादलाई निश्कर्षमा पुर्याउँछ । अब पार्टीलाई एकतामा राखेर काम गर्नुपर्छ विभाजन गर्नु हुदैँन ।’
नेता रायमाझीले जिम्मेवारीको बाँडफाँड पनि नमिलेकाले मिलाउन आवश्यक भएको भन्दै सकिन्छ भने एक पद एक व्यक्तिमा जानु उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘कसैलाई निषेध गर्न खोजियो भने गणतन्त्र खतरामा जान्छ । म फुटको विपक्षमा छु । विपक्षले पनि पार्टी फुट्न हुदैन भनिरहेको छ । दुइ तिहाइको मत भएको समयमा अर्को पार्टीसँग मिलेर सरकार बनाउने कुरामा लागेर पार्टीलाई फुटाउनु हुँदैन ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया