Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘प्रधानमन्त्रीले पार्टीको विषयमा विपक्षीसँग छलफल गर्नु आपत्तिजनक’

काठमाडौँ । नेकपाको संस्थापन पक्षका नेताहरुले विपक्षी दल नेपाली कांग्रेससँगको भेटघाटलाई बाक्लो बनाएकोप्रति संस्थापनइतरका नेताहरुले आपत्ती जनाएका छन् । पार्टीको आन्तरिक राजनीतिमा चिनियाँ प्रभाव बढीरहेको अवस्थामा विदेश हस्तक्षेपसँगै विपक्षीसँगको सहमति पनि उत्तिकै घातक हुने उनिहरुको बुझाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेकपा स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले पार्टीको आन्तरिक राजनीतिका विषयमा विपक्षसँग कुरागर्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले सत्तापक्ष र विपक्षी दलबिच सरकारको कामलगायत अन्य देशहितका विषयमा छलफल हुनु स्वाभाविक भएपनि पार्टीको आन्तरिक राजनीतिमा विपक्षीलाई जोड्न खोज्नु बेठिक भएको बताउनुभयो ।

भुसालले प्रधानमन्त्री ओली र विपक्षी दलका नेता छलफल भएको भोलिपल्टै संसद अधिवेशन अन्त्य भएको र ओली निकट मानिनुभएका संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेस सभापति देउवालाई भेटेकोप्रति संकेत गर्दै विपक्षीसँगको छलफलमा पार्टीका विषयहरु प्रवेश गराउनु गलत हुने दोहोर्याउनुभयो ।

विपक्षी कांग्रेसप्रति प्रश्न उठाउनु भएका नेता डा.भुसालले नेकपाको विवादमा चीनको भुमिका किङमेकरका रुपमा नभएको र चीनका राजदूतले नेताहरुसँग गरेका कुरा धेरै उचाल्न नहुने बताउनुभयो । यो नियमित भेटघाट भएकाले चीनका राजदूतले भेटेर विवाद साम्य भएको भन्नु गलत भएको उहाँको भनाई छ ।

पार्टीको विवादलाई लिएर प्रधानमन्त्रीले सडकमा शक्ति देखाउन खोजेको आरोप लगाउदै भुसालले भन्नुभयो,‘एकतापछि पार्टी सञ्चालन गर्ने विधि विग्रिएको छ । दुई जनाले मात्रै निर्णय गर्दा भएन र झन विवाद चर्कियो । उहाँहरुकै कारण कार्यकर्ताबिचमा झडप हुनु गलत हो र यो माथिको निर्देशनबाट भएको हो । प्रधानमन्त्रीले सडकमा जुलुस निकाल्न मिल्दैन । जुलुसले समाधान आउदैन । बैठकले सहमति खोज्ने हो ।”

उहाँले बक्तब्यबाजी र सडक आन्दोलन पार्टीको आन्तरिक विषयका लागि किन चाहियो भनेर प्रति प्र्रश्न पनि गर्नुभयो । विधिबाट सञ्चालित हुने पार्टीमा कुनै व्यक्ति पार्टीभन्दा माथि नहुने र विधि र पद्धति अनुसार अगाडी जान सके पार्टीको आन्तरिक राजनीतिमा भारत र चीन नआउने उहाँले बताउनुभयो ।

भुसालले भन्नुभयो,‘प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मात्रै बार्ता भइरहेको छ, यसरी हुँदैन । प्रधानमन्त्रीले माधव नेपालसँग बार्ता नगर्ने हो भने कुरा मिल्दैन । व्यक्ति व्यक्तिले टालेर मात्रै समधान आउदैन । सामुहिक छलफल हुनुपर्छ । पार्टीमा सहमति खोज्ने हो । सहमति भएन भने बहुमतले गर्ने हो । पार्टी एकिकरण गरेपछि पनि धेरै निर्णयहरु बहुमतका आधारमा भएका छन् । ओलीले नमान्ने भए विगतमा बहुमतबाट भएका निर्णयहरु उल्टनुपर्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP