काठमाडौँ : आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो। टी- २०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्।
यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी- २० आई टोलीमा स्थान बनाएका छन्। क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ।
रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया