Trending
flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया

विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान  

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १६ बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा किड्सद्वारा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्गत बालबालिका तथा परिवार गतिविधिका लागि ‘एक घर, एक पठन कुना’ सिकाई उपलब्धीलाई प्रभावकारी बनाउन शैक्षिक सामग्री सहयोग गरिएको छ ।

किड्स संस्थाकी फिल्ड सुपरभाइजर बबिता विश्वकर्माका अनुसार परियोजना अन्तर्गत विद्यार्थीहरूलाई नम्बर गन्ने सामग्री, स्पन्ज अक्षर, स्पन्ज नम्बर, चरा चार्ट, जनावर चार्ट, तरकारी चार्ट, मेटा कार्ड, स्थायी मार्कर, स्वर अक्षर, व्यञ्जन अक्षर, अध्ययन टेबल, पी-फोम, साइन पेन, चार्ट पेपर, ड्रइङ कपी, पेन्सिल, कटर, इरेजर, पेन, कपी, लुडो, क्रेयन्स रङ तथा कार्टुन लगायतका सामग्री उपलब्ध गराइएको हो ।

किड्स संस्थाद्वारा सञ्चालित वडा नम्बर ३, ५ र ६ का ५२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ । प्रति विद्यार्थीलाई ६ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएकाे हाे ।

सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बालबालिकाको सिकाई वातावरण सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले घरमै सिकाईको वातावरण सिर्जना गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकाको शिक्षामा गाउँपालिकाले सहयोग जारी राख्ने बताइन् ।

किड्स संस्थाले बालबालिकालाई घरमै सहज रूपमा अध्ययन गर्ने वातावरण बनाउन ‘एक घर, एक पठन कुना’ अभियान सञ्चालन गरेकाे जनाएको छ । उक्त अभियानले बालबालिकाको पढाइप्रति रुचि बढाउने र सिकाइ उपलब्धीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP