Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

“एउटा छिमेकीलाई गाली गर्ने, अर्को छिमेकीलाई काखी च्याप्ने नेकपाको भूमिका गलत”

काठमाडौँ । परराष्ट्रविद्ले सत्तारुढ दलको आन्तरिक विवादमा विदेशी चलखेल बढीरहेको भन्दै नेपालको परराष्ट्रनीतिमा प्रधानमन्त्रीसहित नेकपाका नेताहरुको योग्यतामा प्रश्न उठाएका छन् । प्रभानमन्त्री केपी शर्मा ओलीले आफुलाई भारतले प्रधानमन्त्रीमा नियुक्ति दिएको र उसैले हटाउन खोजेको जस्ता अभिव्यक्ति दिनु र अरु शीर्ष नेताहरुले चिनियाँ राजदूतलाई घरघरमा बोलाएर पार्टीको विवादका विषयमा कुरा गर्नुले नेपालको कुटनीति मर्यादालाई समेत समाप्त पारेको उनिहरुको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै परराष्ट्रविद् डा. दिनेश भट्टराईले पछिल्लो समयमा सत्तारुढ दलको पार्टीको विवादमा भइरहेको चिनियाँ चलखेलले नेपालको पराष्ट्रनीतिलाई समाप्त पारेको दावी गर्नुभयो । सरकार चलाउने दलभित्रको आन्तरिक विवादमा एउटा छिमेकीलाई गाली गर्ने र अर्को छिमेकीलाई स्वागत गर्ने कुरा नेपालको परराष्ट्रनीतिमा पछि सम्मै असर पार्ने उहाँले बताउनुभयो ।

यस्तो समयमा नेपाल चीन वा भारत कतै छैन र दुवै देशसँग समान व्यवहार गर्न चाहिरहेको छ भने देखाउनुपर्ने समयमा सत्तामा बसेको पार्टीका नेताहरुको हिमचिम उत्तरतिर देखिनुले नेपालले भोली कुटनीतिक मामिलामा बोक्नै नसक्ने भारी बोक्नु पर्ने भट्टराईको भनाई छ । उहाँले चीनको साथ लिएर नेपालले भारत विरोधी गतिविधि गरिहेको भन्ने भारतीय भनाइलाई अहिलेको घटनाले पुष्टि गरिदिएको बताउनुभयो ।

भट्टराईले भन्नुभयो,‘नेकपाका नेताहरुले राजदूतलाई अहिलेको सन्र्दभमा नभेटौ भन्नुपर्ने हो । पार्टीको विवादमा विदेशी राजदूत बोलाउन नेताहरु कस्ता हुन । उनिहरुको योग्यता के हो । यो पार्टीको झगडामा नेताहरु कम्जोर भए । राजदूतले जहिले पनि खेल्न खोज्छन् । नेताहरुले बुझ्नुपर्ने हो । पहिले पनि चीनले पार्टीको झगडा थामथुम पारेको थियो, फेरी खेलिरहेको छ । भारतले चीनको बहकावमा लागेर नेपालले यस्तो काम गरिरहेको भनिरहेको अवस्थामा चीनको सक्रियातले भारतको भनाइलाई पुष्टि गरेको छ ।’

उहाँले नक्सा सार्वजनिक गर्दा बनेको राष्ट्रिय सहमतिलाई लिएर भारतसँग वार्तामा बस्नुपर्ने प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध थप विगारेको बताउनुभयो । प्रधानमन्त्री ओली र सत्तापक्ष शीर्ष नेताहरुका कारण नेपालको परराष्ट्रनीति अप्ठ्यारो मोडमा पुगेको र यो समयमा कुटनीतिको क्षेत्रमा काम गरिरहेकाहरुलाई कामै गर्न नदिएर गल्ति गरेको भट्टराईको भनाई छ ।

उहाँले भन्नुभयो,‘संविधानले दिएका आधारभूत मान्यताहरु पनि पालना भएनन् । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध एउटा मुलुकसँग मात्र जोडिने हैन । सवै राष्ट्रसँग राम्रो हुनपर्छ । असंलग्न परराष्ट्र निति हो हाम्रो । उहाँलाई भारतले प्रधानमन्त्री बनाएको हैन । नेपाली जनताले हो । भारतले कसरी हटाउछ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP