रुपन्देही – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका कार्यालय सहयोगी चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र उनका सहयोगी महेन्द्रप्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस मागेका थिए । पूर्वसूचना पाएलगत्तै घुस लिइरहेको ठाउँ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको परिसरमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले दुवैजनालाई रङ्गेहात पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया