Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

काँग्रेसमा विधि र पद्धतीको चरम उलंघन, विधानको औचित्य समाप्त : गुरुराज घिमिरे

काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले विधि र पद्धतीलाई मुल आधार मान्ने काँग्रेसले अहिले विधानको चरम उलंघन गरिरहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले विधान नमानेपछि विधानको औचित्य पनि समाप्त भएको नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो । “मन लागे मान्ने मन नलागे नमान्ने हो भने विधानको के औचित्य भयो ? विधान किन चाहियो ?” उहाँले प्रश्न गर्नुभयो ।

महाधिवेशन सकिएको ६ महिनामा गर्नु पर्ने नियुक्ति महाधिवेशनको मिति तय भइसकेपछि गर्नु विधानको चरम उलंघन भएको उहाँको भनाई छ ।

“एकातिर महाधिवेशन सकिएको ६ महिना पछि विभागहरु गठन गर्न मिल्दैन, अर्कातिर महाधिवेशनको मिति तोकिसकेपछि कुनै नियुक्ती गर्न मिल्दैन, तर अहिलेको नियुक्तिले विधानको दोहोरो उलंघन भइरहेको छ,” उहाँले भन्नुभयो ।

समयमै नियुक्ती गर्नका लागि सभापति शेरबहादुर देउवालाई कसैले अवरोध नगरेको दावी गर्दै उहाँले अहिले नियुक्ती गर्नु आपत्तिजनक र अस्विकार्य भएको बताउनुभयो ।

अहिले विभाग गठन गरेर उनीहरुले विभाग अनुसारको काम गर्न पनि नभ्याउने र उनीहरु सवै महाधिवेशतिर नै लाग्नु पर्ने भएकाले काम गर्नका लागि भन्दा महाधिवेशन प्रभावित पार्नका लागि यो गठन भएको प्रष्ट हुने उहाँले दावी गर्नुभयो ।

नेता घिमिरेले पार्टीका केही नेताहरुलाई प्रक्रियातग रुपमा कारबाही भएकाले असहमती जनाउन नमिले पनि व्यक्तिगत रुपमा भने आफुलाई ठिक नलागेको स्पष्ट पार्नुभयो । राप्रपाका नेता काँग्रेसमा भित्रिएको विषयलाई भने उहाँले सकारात्मक र उत्साहजनक रुपमै लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP