काठमाडौं । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले नेकपाको सचिवालय र स्थायी कमिटि अनिर्णयको बन्दी भएकाले केन्द्रीय कमिटिको बैठक बोलाउनु पर्नेमा जोड दिनुभएको छ ।
बैठकको माग गर्दै १५२ जनाले हस्ताक्षर गरेर शिर्ष नेताहरुलाई पत्र बुझाएका नेताहरु मध्येकी नेतृ झाँक्रीले अवको ३० दिन भित्रमा बैठक बस्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपामा कुल ४४४ जना केन्द्रीय सदस्य रहेको र ती मध्ये एक चौथाइले बैठक माग गरेमा ३० दिन भित्रमा केन्द्रीय कमिटिको बैठक बोलाउनु पर्ने व्यवस्था रहेको उहाँले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
पार्टीमा लामो समयदेखि विवाद रहेको र त्यसलाई सचिवालय र स्थायी कमिटिले टुंग्याउन नसकेकाले पार्टीको अहिलेको अहिलेको सवैभन्दा अन्तिम सर्वोच्च निकाय केन्द्रीय कमिटि नै भएकाले त्यहीबाट निकास खोज्नु पर्ने उहाँको भनाई छ ।
सचिवालय र स्थायी कमिटि सानो हुने भएकाले हरेक सदस्यलाई शिर्ष नेताहरुले सिधै प्रभावित पारेर ती कमिटिहरुले निर्णय गर्न नसकेको झाँक्रीले दावी गर्नुभयो ।
उहाँले केन्द्रीय कमिटिमा धेरै नेताहरु रहेकाले सवैलाई शिर्ष नेताहरुले एक एक भेटेर प्रभावित पार्न संभव नभएकाले तुलनात्मक रुपमा स्वतन्त्र छलफल र निर्णय हुनसक्ने तर्क गर्नुभयो ।
पार्टी भित्रका विवादका बारेमा निश्पक्ष र स्वतन्त्र छलफल चलाएर न्यायोचित र परिपक्व निर्णय दिने एक मात्र निकाय र उपाय केन्द्रीय कमिटि नै भएको झाँक्रीको भनाई छ ।
आगामी मंसिरमा महाधिवेशन गर्ने कुरा गफ मात्रै भएको टिप्पणी गर्दै उहाँले हुने कुरा मात्रै गर्न नेताहरुलाई सुझाव पनि दिनुभयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दैै उहाँले साँच्चै महाधिवेशन गर्न चाहेको भए स्थायी कमिटिमा किन प्रस्ताव लगिएन भन्दै प्रश्न गर्नुभयो ।
नेतृ झाँक्रीले महाधिवेशन गर्नका लागि भन्दा विषयान्तर गर्न र आफ्नो तुष्टि पुरा गर्नका लागि महाधिवेशको प्रस्ताव बाहिर बाहिर व्यक्तिगत रुपमा गरिएको आरोप पनि लगाउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया