Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कांग्रेसमा विवाद बढ्यो: आफूहरुले उठाएका मागमा देउवा पक्ष गम्भीर नबनेको पौडेल पक्षको ठहर

काठमाण्डौ – नेपाली कांग्रेसमा विवाद बढ्दै गएको छ । पार्टीको १४ औं महाधिवेशनको मिति तोकिएपछि सभापति शेरबहादुर देउवाले आफूखुसी विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गरेको छ । 

देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै पौडेल पक्षले लिखित ध्यानाकर्षण पत्र बुझाएको छ ।

पाँचबुँदे पत्रमा विधान विपरीत गठन भएका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यतामा मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, भ्रातृ संस्था सक्रिय हुन नसकेको जस्ता विषय उठाइएको छ । पौडेल पक्षको मुख्य आपत्ति भने विधान विपरीत गठन गरिएका विभागको विषयमा छ ।

यस्ता गतिविधि तत्काल रोकेर निष्पक्ष महाधिवेशनको बाटोमा अघि बढ्न पौडेल पक्षले पत्रमार्फत सभापतिको ध्यानाकर्षण गराएको हो । पौडेलसँगै महामन्त्री डाक्टर शशांक कोइराला, डाक्टर मीनेन्द्र रिजाल, जीवन परियारलगायतले बिहीबार पार्टी  सभापति देवालाई भेटेर ध्यानाकर्षण बुझाएका हुन् ।

पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु १४ औँ महाधिवेशनको कार्यक्रम अगाडि बढिसकेपछि बनाउनु विधान उल्लङ्घन भएको पौडेल समूहको ठहर छ ।

आफूहरूले उठाएको मागमा सभापति गम्भीर नदेखिएपछि पौडेल समूहका नेताहरूले पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेका छन् ।

वरिष्ठ नेता पौडेलले आफूहरुको उठाएको विषय नीतिगत र पार्टीलाई लोकतान्त्रिक बनाउने मुद्दा रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP