Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपा विवादः दुई अध्यक्षबीच बालुवाटारमा तीन घण्टा छलफल, भेटिएन सहमतिको विन्दु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार करिव तीन घण्टा छलफल भएको छ । साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगन र प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरुसहित बैठक राखेपछि पहिलो पटिक अध्यक्षद्वयबीच आइतबार भेटवार्ता भएको हो ।

प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुग्नुभएको थियो भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराउनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको बताइएको छ । सोमबार पुनः छलफलमा बस्ने गरी आजको छलफल टुंगिएको नेताहरुले बताएका छन् ।

प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले अर्का अध्यक्ष ओलीसँग सम्वाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा प्रचण्डले महासचिव बिष्णु पौडेलललाई बोलाएर सहमतिका केही विकल्पहरु समेत अघि सार्नुभएको थियो । तर ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सुचारु गर्नेबारे पनि सहमति जुटेन ।

दुई अध्यक्षबीच समझदारी भएपछि मात्र बैठकको मिति तोकिने बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP