Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

युवाकाे कुरा नसुन्ने ‘अटेरी’ सरकार : नेता पाैडेल

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न वसन्तपुर पुग्नुभएको छ ।

पौडेलसहित कांग्रेस नेताहरु अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न वसन्तपुर पुग्नुभएको हो । क्वरेण्टीन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरुलाई भेटेर नेताहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

सामान्य तर नागरिकका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुकाे कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताउनुभयो । अनसनरत युवाहरुका मागहरुप्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापर्वाही भएको पौडेलको भनाइ छ ।

नेता पौडेलले देशको समस्याको मुख्य जड भ्रष्ट, कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

अनसनरत युवाहरुलाई यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुले पनि भेटेका छन् । शत प्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वरेण्टीनकाे अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि उनीहरु फेरि अनसनमा छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP