Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

पार्टी भित्रको विवाद समाधान गर्न नेकपाका दोस्रो तहका नेताहरु सक्रिय

काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादले पार्टी विभाजनको खतरा बढेपछि दोस्रो तहका नेताहरु विवाद समाधान गर्न सक्रिय भएका छन् । 

पार्टी महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल लगायतका नेताहरु दुवै समूहलाई मिलाउने प्रयासमा जुटेका हुन् ।

पार्टीका अरु नेता र कार्यकर्ताले पनि पार्टी विभाजनतर्फ जान नदिन शीर्ष नेताहरुलाई खबरदारी गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि आफू निकटका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेटघाट गरेको विषयलाई लिएर नेकपाभित्र फेरि विवाद चर्किएको हो ।

नेकपामा यसअघि पनि यसैगरी विवाद चर्किएको थियो । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नदोहोर्याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर एकअर्कालाई दोषारोपण गर्दै शीर्ष नेताहरुबीच फेरि विवाद सुरु भएको हो । 

अध्यक्ष प्रचण्डले हिजो आफू पक्षीय नेताहरुसँगको छलफलमा पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नु भएको थियो । बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताउनु भएको हो । 

भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीले पनि बालुवाटारमा आफू पक्षीय नेताहरुसँग परामर्श गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP