Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आज पनि स्थायी समितिको बैठक बस्दैछ। अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनबारे बैठकमा हिजो विषय प्रवेश भएको र आज थप छलफल हुने महराले बताए।

आजको बैठकमा माओवादी केन्द्रले असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा वितरण सम्पन्न गर्ने निर्णयअनुसारको प्रगतिको विषयमा छलफल हुनेछ। यस्तै‚ स्थानीय तह अन्गरगत वडा पार्टी कमिटी र जनवर्गीय संगठनका सम्मेलनबारे जानकारी लिने र गर्न बाँकीमा पहल गर्नेबारे बैठकमा छलफल हुनेछ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि टोल भेला कात्तिक  ६ सम्म, वडा सम्मेलन कात्तिक १३ मा र स्थानीय तहको सम्मेलन मंसिर ४ मा गर्ने तय गरिएको छ। राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP