Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

५ सय सवारीसाधनमा ‘डस्टबिन’

काठमाण्डाै – ‘संस्कार समाज नेपाल’ ले सार्वजनिक सवारीसाधनबाट हुने फोहरलाई नियन्त्रण गर्न पाँच सय ‘डस्टबिन’ वितरण गरेको छ ।

‘असल संस्कार सिकौँ/सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङकङको सहकार्यमा शनिबार नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारीसाधनलाई ‘डस्टबिन’ वितरण गरेको हो ।

समाजका अध्यक्ष पशुपति गुरुङ समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेको बताउनुहुन्छ । ‘व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुन्छ’, उहाँ भन्नुहुन्छ । संस्कार समाजले यसभन्दा अगाडि नयाँ बसपार्कबाट देशका विभिन्न क्षेत्रमा आवतजावत गर्ने एक हजार सार्वजनिक सवारीसाधनलाई जनचेतनामूलक अडियोसहितका ‘पेनड्राइभ’ वितरण गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला सार्वजनिक सवारी साधनलाई सफा राख्नुपर्ने बताउनुहुन्छ । ‘लाखौँ व्यक्ति सार्वजनिक सवारीसाधन चढ्ने भएकाले यसलाई सफा राख्नु सबैको दायित्व हो’, उहाँ भन्नुहुन्छ ।

घान्द्रुक समाज हङकङका प्रतिनिधि विशु सम ‘समृद्ध नेपाल’ निर्माणका लागि समाजले सहयोग गरेको बताउनुहुन्छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका अध्यक्ष दीपक कुँवरले फोहररहित नयाँ बसपार्क निर्माणका लागि संस्कार समाज नेपालले ‘डस्टबिन’ वितरण गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो ।

विसं २०७४ मा स्थापना भएको समाजले सरसफाइका साथै जनचेतनामूलक र सामाजिक काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP