Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

बागमती प्रदेश : गठबन्धनबाट मुख्यमन्त्रीमा पाण्डे प्रस्तावित

हेटौंडा : नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा माग्दै नयाँ मुख्यमन्त्रीको रूपमा गठबन्धनबाट राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेका छन्।

बिहीबारको प्रदेशसभा बैठकमा बोल्दै नेता जम्कट्टेलले गठबन्धनका तर्फबाट बन्ने नयाँ सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता पाण्डेलाई अघि सार्दै मुख्यमन्त्री शाक्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेका हुन्।

अल्पमतमा परेको सरकारलाई विश्वासको मत लिन गठबन्धनले पर्याप्त समय दिएको भन्दै नयाँ सरकार गठन गर्नका लागि नैतिकताको आधारमा राजीनामा दिएर बाटो खुला गरिदिनुपर्ने उनले बताए।​

जम्कट्टेलले भने, ‘गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाएर आइसक्यो, नैतिकताको आधारमा मार्गप्रशस्त गरिदिनुहोस्। तपाईंहरूको आग्रह र हाम्रो सहमति नमिल्दा दशैँसम्म यही सरकार रहन दियौँ, अब नयाँ सरकार गठनका लागि छोडिदिनुहोस्।’

उनले मुख्यमन्त्री शाक्यलाई आफ्नो दलले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे। जम्कट्टेलले शाक्यले संसद्‌मा विश्वासको मत नपाउने भएकाले राजीनामा दिएर गठबन्धनको सरकार बनाउन मार्गप्रशस्त गरिदिन आग्रह गरे।

‘व्यक्तिगत रूपमा हामीले मत दिनुपर्ने मान्छे हो तर राजनीतिक रूपमा हामी तपाईँलाई मत दिन सक्दैनौँ। हामी तपाईंको विश्वासको मतको विपक्षमा छौँ’, उनले भने। जम्कट्टेलले बहुमत पुर्‍याएर प्रदेश प्रमुखकोमा गएर वर्तमान सरकार हटाउँदै नयाँ सरकार बनाउन गठबन्धनलाई बाध्य नपार्न पनि उनले चेतावनी दिए। 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP