Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

देउवा र पाैडेल कांग्रेसबाट ‘रिटायर्ड’ हुनुहाेस् : नेता सिंह

धादिङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले आफू पार्टीकाे १४ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने बताउनुभएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गर्दै नेता सिंहले पार्टीलाई सही दिशामा अघि बढाउन कार्यकर्ताले र नागरिकले समेत नयाँ नेतृत्व खोजेको बताउनुभएको छ ।

आमाको किरिया बस्नुभएका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई आज बिहीवार भेट्न धादिङ आउनुभएका नेता सिंहले पार्टीकाे १४ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारी दिन कसैले छेक्न नसक्ने बताउनुभएको हो ।

वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गरिरहेको र नयाँ पुस्ताले मात्र यो काम गर्न सक्ने उहाँको दाबी थियो ।

अझै तीन जिल्लाको सदस्यता विवाद भएकाले त्याे समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नैपर्ने उहाँको माग छ । यसअघि महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीन पटक महाधिवेशन तोकेर पनि सर्दै आएकोमा नेता सिंहले चिन्ता व्यक्त गर्नुभयो ।

जिल्लामा देखिएकाे सदस्यता विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार नेतृत्वले काम गर्नुपर्ने उहाँले बताउनुभयो । पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागत रूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP