Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन्। शुक्रबार प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज मत विभाजन हुने भएको हो।

आइतबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मत विभाजनको प्रकृया अगाडि बढ्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम मुख्यमन्त्री आचार्यले पेश गरेका प्रस्तावमाथि छलफल तथा मत विभाजन हुने पराजुलीले बताए।

गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि राईकै प्रस्तावमा एमालेको एकल बहुमत भएको दाबीसहित आचार्य मुख्यमन्त्री बनेका थिए। तर‚ एमालेका १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि उनी स्पष्ट अल्पमतमा छन्।

९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४१ जना सांसद मात्रै छन्। नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना सांसद छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP