Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारको माग

काठमाडौं : नेपाल बार एशोसिएसनले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ।

सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।

‘प्रधानन्यायाधीशमाथि लागेका आरोपले न्यायपालिकालाई गम्भीर क्षति पुग्ने भएकाले न्यायपालिका सुधारका लागि उहाँले राजीनामा दिनुपर्ने आजको बैठकले निश्कर्ष निकालेको छ’ पौडेलले थाहाखबरसँग भने,‘आज समय अभावले गर्दा सल्लाहकारहरूसँग छलफल गर्न नपाएकाले भोलि छलफल गरी यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ।’

प्रधानन्यायाधीशको राजीनामा माग गर्दा उहाँले राजीनामा नदिएपछि के गर्ने भन्ने बारेमा योजना बनाउन पनि भोलिको छलफल डाकिएको पौडेलले बताए। प्रधानन्यायाधीशको काम कारबाहीमा सवै न्यायाधीश नै असन्तुष्ट बनेका छन्।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्व न्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले उनीमाथि छानविन गर्नुपर्ने बताएको थियो।

सरकारमा भागवण्डा खोजेको आरोप लागेपछि विवादमा तानिएका जबराले सोमबार बोलाएको सर्वोच्चको पूर्ण बैठक तथा मुद्दाको सुनुवाइ अरु न्यायाधीशले बहिस्कार गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP