Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बागमतीमा आज नयाँ सरकार बन्दै, पाण्डेको मुख्यमन्त्रीमा दाबी

हेटौंडा : बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ।  नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्।  विपक्षी गठबन्धनका तर्फबाट पाण्डेले हिजै साँझ बहुमत ५९ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्।  

मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेको जनाइएको छ।  पाण्डेले आज तीन जना मन्त्री नियुक्त हुने र तिहारपछि मन्त्रिमण्डल विस्तार गरिने बताउनुभएको छ। 

स्रोतका अनुसार नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र एकीकृत समाजवादीका कृष्ण खनालले आज मन्त्रीको सपथ लिने तयारी छ। माओवादी केन्द्रले अर्थ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार विकास वा स्वास्थ्य मन्त्रालय र समाजवादीले मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दाबी गरिरहेको छ।  

गठबन्धन दलहरुलाई भाग नपुग्ने भएपछि मन्त्रालय फुटाउने तयारी पनि गरिएको छ। निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले साढे ३ वर्षसम्म ७ सदस्यीय सरकार संचालन गरिरहेको अवस्थामा मुख्यमन्त्री शाक्यले १२ सदस्यीय बनाउँदा विरोध भएको थियो। अब गठन हुने सरकारले मन्त्रीको संख्या १५ सदस्यीय पु¥याउने गरी छलफल गरिरहेको स्रोतले जनाएको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP