Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

मधेशी नेताकै कारण मधेश पछि परेको हो : प्रचण्ड

सर्लाही : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसीलाई अधिकार सम्पन्न बनाउन दुई पटक प्रयास गर्दा पनि केपी शर्मा ओलीले नमानेको आरोप लगाएका छन्।

माओवादी केन्द्र निकटको शिक्षक संस्था एकीकृत अखिल नेपाल शिक्षक संगठन र तत्कालिन जनता समाजवादी पार्टी निकटको शिक्षक संस्था नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशनको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्न मलंगवा आएका प्रचण्डले ओली र मधेसवादी नेताका कारण मधेस पछि परेको आरोप लगाए।

मधेसीलाई अधिकार दिनुपर्छ, मधेसलाई अधिकार सम्पन्न बनाउन पर्छ भनेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री नेपालमा आफू मात्रै भएको उनले दाबी गरे।

‘मधेसीको हक अधिकार पुगेको छैन्। मधेसलाई हक अधिकार दिनुपर्छ, संविधान परिमार्जन गर्नुपर्छ भनेर प्रस्ताव दर्ता गरे, तर, दुई तिहाइको बहुमत भएका ओलीले त्यो संशोधन प्रस्ताव पास गर्न दिएनन्। मधेसी बिरोधी तत्व, सामन्ती तत्व र विदेशीहरूको अगाडि आत्मसमर्पण गर्ने तत्वहरूले विरोध गरे’ प्रचण्डले भने, ‘मधेस विरोधी, गणतन्त्र विरोधी, संघीयता विरोधी, समावेशी समानुपातिक विरोधी ओली आफूलाई मधेसको मसिहा ठान्छन्। अच्चम लाग्छ त्यस्ता नेतालाई मधेसका मसिहा ठान्ने अर्का नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले पनि उनैलाई साथ दिए।’

उनको सरकारमा सहभागि भएर मधेसका मित्र र दुश्मन को हो जनताले अब बुझ्नु पर्ने अवस्था आएको प्रचण्डले बताए। मधेसलाई धोका दिनेसँग साँठगाँठ गर्ने नेतालाई मधेसका जनताले तह लगाउनु पर्ने बताए।

अब पनि मधेसका जनताले धोकेबाज नेताकै पछि लाग्ने हो भने मधेसका उपलब्ध आंशिक अधिकार पनि गुम्ने खतरा रहेको उनले बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP