Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

काठमाडौं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भागलिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई)भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।

यही कात्तिक ८ देखि १२ गतेसम्म दुबइमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका उले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेष रुपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिए। कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने बताए ।

आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेको मन्त्री श्रेष्ठले बताए । यस्तै उनले श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताए ।
 
युएइमा रहँदा मन्त्री श्रेष्ठले त्यहाँका मानव संशाधनमन्त्री अव्दुल रहमान अव्दुलमानन अल अवारलाई भेटेर नेपाल– युएइ द्विपक्षीय बैठक आयोजना गर्ने विषयमा छलफल गरेका थिए  । यस्तै युएइ आउने नेपाली कामदार लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार लिने तथा सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP