Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

न्यायाधीश र वकिलको आन्दोलन, राजीनामा नदिने जबराको अडान

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाको अल्टिमेटम दिएको नेपाल बार एशोसिएसनले आजदेखि विरोधका कार्यक्रम सुरु गर्दैछ।

पाँच दिनको अल्टिमेटम दिएको बारले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । धर्नाका बीच पर्सि मंगलबार विरोधसभा पनि गर्ने कार्यक्रम छ। त्यस अवधिमा पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारले चेतावती दिएको छ। 

इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने तयारी रहेको नेपाल बार एशोसियसनका महासचिव लिलामणि पौडेलले जानकारी दिए। 

यसैबीच प्रधानन्यायाधीश जबराको शैलीविरुद्ध न्यायाधीशहरु आज पनि इजलासमा नबस्ने भएका छन्। बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आज सर्वोच्च अदालतमा पुगेर इजलास बहिष्कार गर्ने तयारीमा छन्। 

यसअघि न्यायाधीशहरूले शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने बारे सामान्य छलफल गरेका थिए। आज विस्तृत छलफल गर्ने गरी बैठक सकिएको थियो।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २१ न्यायाधीश कार्यरत छन्।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सडकबाट राजीनामा नदिने अडानमा छन्। उनले आफू स‌ंवैधानिक प्रक्रियाबाट आएको र त्यही बाटोबाट जाने अभिव्यक्ति दिँदै आएका छन्। 

न्यायाधीश र वकिलको आन्दोलनले हजारौं सेवाग्राही भने न्याय पाउनबाट बञ्चित भएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP