Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विश्वासको मत लिएपछि मन्त्रिपरिषद्‌ विस्तार गर्छु : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताएका छन्। मुख्यमन्त्रीको मंगलबार शपथग्रहणपछि राईले पत्रकारसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

मुख्यमन्त्री राईले २३ गते नभए २५ गते विश्वासको मत लिने बताए। उनले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताए। ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं,’ उनले भने, ‘त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्या बढाउनुपर्नेछ। त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं।’

मुख्यमन्त्री राईले दुई वटा सरकारले राख्न नसकेको प्रदेशको नाम आफ्नो कार्यकालमा राख्नेसमेत बताए।

मुख्यमन्त्री राईसँगै मंगलबार ४ जना मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए।

नेपाली कांग्रेसका उपनेता हिमाल कार्की भौतिक पूर्वाधार विकासमन्त्री, प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री, नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजनामन्त्री, जसपा नेता जयराम यादव सामाजिक विकासमन्त्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे सामाजिक विकासमन्त्री नियुक्त भएका थिए। बाँकी मन्त्रिपरिषद्‌ विस्तार विश्वासको मत लिएपछि गर्ने मुख्यमन्त्री राईले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP