काठमाडौं : प्रहरीले रौतहटबाट एक सय ८६ किलोग्राम अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना ६ ख ५९४३ नम्बरको ट्रकबाट एक सय ८६ किलोग्राम अवैध लागुऔषध गाँजासहित शुक्रवार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ का २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँका १९ वर्षीय रित्तम तामाङ छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रक जाँच गर्ने क्रममा ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यस्तै काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका-१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेवल विनायक नगरपालिका-४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका-१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक वलेफी गाउँपालिका-४ का ३२ वर्षीय गौतम केसी छन्।
यस्तै काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१० पाथिभर टोल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका-१ का २५ वर्षीय मिजम तामाङ, काभ्रे धुलिखेल नगरपालिका-२ का ३८ वर्षीय शुसिल श्रेष्ठ, भोजपुर टेम्केमयुङ गाउँपालिका-९ मजुवाका २६ वर्षीय मिडे शेर्पा, काठमाडौं महानगरपालिका-१० शान्तिनगर डेरा गरी बस्ने बर्दिया गेरुवा गाउँपालिका-५ का ३० वर्षीय दिपु भन्ने रणदीप थापा र सोही गाउँपालिका-२ ठेगाना भएका २६ वर्षीय शिरिष खत्री छन्।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया