पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्दै गरेको अवस्थामा पोखराबाट करिब १९ लाख रूपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनको घरको कोठाबाट नियन्त्रणमा लिइएको हो। जुवा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले गत शुक्रवार रातित २ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई हाल चापापानीमा बस्दै आएका ३२ वर्षीय नवीन गौचन, पोखरा-१२ फूलबारीका ४४ वर्षीय काजी गुरुङ, वडा नम्बर १२ माटेपानीका ३८ वर्षीय सूर्य गुरुङ, दैलेखको नौमुलेगा गाउँपालिका–८ घर भई पोखरा-२६ विजयपुरमा बस्दै आएका ३५ वर्षीय खम्बसिंह राना, कास्कीको मादी गाउँपालिका–१० घर भई पोखरा–१३ संगमटोलमा बस्दै आएका ३६ वर्षीय खेमराज गुरुङ र पोखरा-१९ घर भएका ३५ वर्षीय श्याम श्रेष्ठ रहेका छन्। उनीहरूको साथबाट १८ लाख ७५ हजार ५३० रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान भइरहेको छ। प्रहरीको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा चापापानीमा रहेको उक्त घरलाई जुवा तास खेल्नकै लागि भाडामा लिएर सिसिटिभी क्यामेरा जडान गरेर जुवा खेल्ने गरेको खुलेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया