Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बहुमूल्य गरगहना र विभिन्न देशका मुद्रासहित दुई जना पक्राउ

कञ्चनपुर : भारतको बेङगलोरबाट सामान चोरी गरी ल्याएका दुई जनालाई प्रहरीले बेलौरी नगरपालिका-१ फटैया दशगजा सीमा इलाकाबाट विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरका अनुसार मंगलबार बेलौरीको फटैयाका ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका-१ चिसापानीका ३८ वर्षीया विष्णु शाहीलाई पक्राउ गरिएको हो।

दुवै जना बेङ्गलोरमा एकै घरमा काम गर्दै आएका थिए। उनीहरूलाई भारतीय प्रहरीले पिछा गर्दै आए पनि उनीहरू नेपाल प्रवेश गरेपछि सशस्त्र प्रहरीलाई खबर गरेको थियो।

‘भारतीय सशस्त्र प्रहरी बल(एसबी)ले दुवै जनाको मोबाइल फोन ट्रयाक गर्दै आएको थियो‚’ सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘उनीहरुले लोकेशन जानकारी दिएपछि सीमा क्षेत्र नजिक बस्दै आएका लालचन्द्रको घरबाट दुई जनालाई पक्राउ गरिएको छ।’

पक्राउ परेका दुवै जनाको साथबाट भारतीय रकम ४३ हजार ९०० रूपैयाँ, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार २६०, अमेरिकी डलर एक हजार पाँच, क्यानेडियन डलर दुई हजार ८१०, मेलेसियन रिङगिट २३, सिंगापुर डलर १८, कतारी रियाल एक, दुबई दिराम १३०, चाइना युवान १६१ बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी दिए।

 यसैगरी, उनीहरूको साथबाट सुनको गहना पत्थरसहित ४३९ दशमलब ८९ ग्राम, सुनको पत्थरसहित एक हजार ४७१ दशमलव १८ ग्राम, बिना पत्थरको सुन ४३९ दशमलव ८९ ग्राम र विभिन्न रंगका पत्थर एक हजार ९९८ ग्राम र चार वटा ल्यापटप बरामद गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP