Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय

विराटनगर : प्रदेश १ को पूर्वी शहरमा बिना इजाजतका औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय बनेको पाइएको छ। भारतदेखि तस्करी गरी प्रतिबन्धित औषधि सुनसरीको धरानमा ल्याउने र उक्त औषधिलाई मिश्रण गरी लागुऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोह सक्रिय बनेको हो।  

धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागुऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको छ।

राईलाई पक्राउ गरी औषधि व्यवस्था विभाग विराटनगरले अहिले अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। राईले धरानको बगरकोटबाट प्रतिबन्धित औषधि डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागुऔषध बनाएर बिक्री गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको औषधि व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए।

उनका अनुसार यी तीनवटा औषधि मिलाएर लागुऔषधको रूपमा सेवन गर्छन्। क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने उनको भनाइ छ।

ट्रामाडोल क्यान्सरका बिरामीले दुखाई कम गर्न र डाइसाइक्लोमाइन औषधि दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ।

‘प्रतिबन्धित औषधिहरू भारतदेखि भित्र्याएपछि धरानको बगरकोटमा राईले आफ्नो घरमा ल्याएर राख्ने गरेका रहेछन्’ उनले भने, ‘अवैध रूपमा ल्याएको औषधिको चरम दुरूपयोग गर्दै उनले लागुऔषध दुर्व्यसनीमा लागेका युवाहरूलाई डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागुऔषध बनाएर बिक्री गरेको पाइयो।’ औषधीलाई लागुऔषध बनाएर बिक्री बितरण गर्नका लागि उनकी श्रीमती मनिषा राईले पनि सयोग गरेको अनुसन्धानबाट खुलेको छ।

यसअघि राईकी श्रीमती मनिषा गत वर्ष २ असारमा प्रतिबन्धित औषधिको बिक्री बितरण गरेको आरोपमा पक्राउ परेकी थिइन्। त्यो समय उनका श्रीमान अनम भने फरार थिए। प्रहरीले राईलाई उनकै घरबाट पक्राउ गरेको हो।

राईको घरबाट प्रहरीले ८ हजार ८ सय ५० क्यापसुल बरामद गरेको जनाएको छ। बरामद गरेको प्रतिबन्धित औषधिहरू राईले भारतमा २० देखि ३० रुपैयाँ पत्ता खरिद गरेर ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ। प्रतिबन्धित औषधि धरानमा ल्याएपछि ट्रामाडोल र स्पासपेन मिलाएर लागुऔषध बनाएर ५ देखि ७ सय रूपैयाँसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको कार्यालय प्रमुख कट्टेलले बताए। 

राईले प्रतिबन्धित औषधिलाई लागुऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केराबारी, बेलबारी, उर्लाबारी, मधुमल्ला, पथरीलगायतका सहरमा बिक्री बितरण गर्दै आएका थिए।

राईले भारतबाट २० देखि ३० हजार रुपैयाँमा खरिद गरेको प्रतिबन्धित औषधि धरानमा ल्याएर लागुऔषध बनाएर आठ देखि १० लाख रुपैयाँसम्म बिक्री गर्ने गरेको उनले बयान दिएका छन्।

औषधिलाई लागुऔषध बनाएर पूर्वी सहरमा पुर्‍याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ। चालक प्रयोग गर्दा प्रहरी र सम्बन्धित निकायको ध्यान नजाने भएकोले प्रतिबन्धित औषधिको कारोबार गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको कट्टेलले बताए। 

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागुऔषधको रुपमा सेवन गर्दा शारीरिक र मानसिक रुपमा असर गर्नुका साथै स्मरण शक्तिमा ह्रास आउने कट्टेलको भनाई छ।

पक्राउ परेका राईलाई विभागले बिना इजाजतको नियन्त्रित औषधीको ओसार पोसार, बेचबिखन, अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको विभागले जनाएको छ। यसअघि पनि सुनसरीको एक दम्पत्ति औषधि व्यवस्था विभागमा दर्ता नभएको प्रतिबन्धित औषधिको बिक्री बितरण गरेको आरोपमा पक्राउ परेका थिए।

सुनसरी प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गरेको आरोपमा धरान–९ कि ३० वर्षीया आस्मा खातुनलाई पक्राउ गरेको थियो । खातुनले श्रीमान मुन्ना खानसँग मिलेर प्रतिबन्धित औषधिको कारोबार चलाउने गरेका थिए।

धरानबाट मात्र औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधिको बिक्री वितरण गर्ने १५ जनालाई पक्राउ गरी औषधि ऐन अनुसार अदालतमा मुद्दा चलाएर कारबाहीको दायारामा ल्याइसकेको विभागका प्रमुख कट्टेलले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP