काठमाडौं : कोरोनाको खोप लगाइदिएवाफत सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा महोत्तरीमा दुई स्वास्थ्यकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साह र उनको निर्देशनमा घुस लिने हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णाकुमार यादवलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
उनीहरूले कोभिड–१९ विरुद्धको खोप लगाई दिएर सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया