Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुमा १३ बर्षिया बालिका बलात्कृत

कपिलवस्तु

सुरक्षा निकाय कोरोना नियन्त्रणमा सक्रिय भइरहेकै बेला कपिलवस्तुमा अपराधको श्रङ्खला बढिरहेको छ । गयराती मात्रै एक बालिका बलात्कारको शिकार भएकी छिन् । मायादेवी गाउँपालिका ४ गौराकी एक १३ बर्षिया बालिका छिमेकी युवा बाटै बलात्कृत भएकी हुन् ।

राती १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ बर्षिया युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडी लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् । स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए । बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ । पीडक युवालाई प्रहरीको जिम्मा लगाउने भनेपनि परिवारले जर्बजस्ती गाउलेबाट खोसेर भगाएको यादवले बताउनुभयो । पीडित बालिकाले आफुलाई मुखमा कपडा कोचेर जर्बजस्ती गरेको बयान दिएकी छिन् । पीडित बालिकाको घरमा आमा मात्र रहेको बाबु रोजगारीको क्रममा भारतमा छन् ।

गाउलेहरु पीडित बालिका सहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । इलाका प्रहरी कार्यालय पकडीले घटना बारे चासो नदेखाएको आरोप लगाउदै उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । बलात्कृत बालिकाको घाउँजाँच तथा उपचार भइरहेको छ । त्यसपछि घटना दर्ता प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले घटनामा आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP