काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।
काउन्सिलले आज सार्वजनिक गरेको नतिजाअनुसार आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको एमबिबिएस र बिडिएसको परीक्षा लिएको थियो।
आज प्रकाशित नजिताअनुसार बिडिएसतर्फ ४३५ जनाले परीक्षा दिएकामा १७७ जना उत्तीर्ण भएका छन्। यस्तै एमबिबिएसतर्फ एक हजार ७२२ जनाले परीक्षा दिएकामा ८७१ जना उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार एमबिबिएसतर्फ एक हजार ७३४ जनाले आवेदन दिएकामा १२ जना अनुपस्थित थिए भने बिडिएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित थिए।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया