Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

म्यानपावरको ठगी : ५ सय तिर्दा हुने प्रहरी रिपोर्टमा ५ हजार असुल्दै

काठमाडौं :  रौतहटका राम दिनेश महतो वैदेशिक रोजगारीको सिलसिलमा कतार पुगेका छन्। कतार जान उनको तीन लाख रूपैयाँभन्दा बढी खर्च भयो।

उनले काठमाडौंमा रहेको नोटरी म्यानपावरलाई कतार जानका लागि दुई लाख रूपैयाँ बुझाएका थिए। रौतहटबाट काठमाडौं आउँदा उनलाई  लागेको थियो‚ म्यानपावर कम्पनीलाई पैसा बुझाएपछि सबै काम त्यही रकमबाट हुन्छ। तर, त्यसपछि पनि म्यानपावरले  विभिन्न बहानामा रकम तिर्न लगायो। ५०० रुपैयाँ राजस्व बुझाएपछि पाइने प्रहरी रिपोर्टका लागि थप चार हजार रूपैयाँ लियो।

म्यानपावर कम्पनीले मागे जति रकम बुझाए पनि रामले कतारमा नेपालमा भनेजस्तो काम पाएनन्। म्यानपावरले भनेजस्तो काम नपाएपछि रामका बुवा हिरालाल वैदेशिक रोजगार विभागको कार्यालयमा उजुरी दिन आइपुगेका छन्।

छोरा विदेश पठाउँदा ३ लाख रूपैयाँ खर्च भएको हिरालाले बताए। काठमाडौं आउन बस्न, विदेश जानका लागि विभिन्न प्रक्रिया पूरा गर्ने क्रममा उक्त खर्च भएको उनको भनाइ छ। ऋण गरेर विदेश पठाए पनि म्यानपावरले भनेजस्तो छोराले काम नपाएकाले आफू विभागमा उजुरी दिन आएको हिरालालले बताए।

सिन्धुपाल्चोकका नवीन नेपाल वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारी गरिरहेका छन्। नवीन श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पुगेका बेला भेटिएका थिए। यहाँ रोजगारीको राम्रो अवसर नभएकाले विदेश जान लागेको उनले बताए। नवीनले म्यानपावर कम्पनीलाई १ लाख ८० हजार रूपैयाँ बुझाएको सुनाए।

उनलाई पनि म्यानपावर कम्पनीले प्रहरी रिपोर्टका लागि पाँच हजार रूपैयाँ लिएको रहेछ। ‘म्यानपावर कम्पनीले सरकारी काम हो‚ तपाईं जानुभयो भने एक हप्ता लगाइदिन्छ भन्दै पैसा तिर्न लगायो‚’ उनले भने‚ ‘अनलाइनबाट आफैंले भरेर ५०० मा लिन मिल्ने रहेछ थाहा भएन। म्यानपावरले छिटो गर्ने बहानामा पैसा उठायो।’ सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि आफूले त्यति धेरै रकम तिर्नु परेको नवीनले गुनासो गरे।

प्रमाणीकरण गर्न खेताला

गत सोमबार नारायणहिटीस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा कञ्चनपुरका ३५ वर्षीय गोपाल थारू भेटिए। उनी प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न उनी विभाग पुगेका थिए। तर‚ गोपाल आफ्नो प्रहरी रिपोर्ट बोकेर त्यहाँ पुगेका थिएनन्। म्यानपावर कम्पनीले केही व्यक्तिको रिपोर्ट बोकाएर उनलाई त्यहाँ पठाएको थियो। उक्त कुरा विभागका कर्मचारीले थाहा पाएपछि उनलाई फिर्ता पठाए। त्यसलगत्तै प्रहरीले उनलाई सोधी खोजी गर्‍यो।

प्रहरीले सोधे, ‘कसको रिपोर्ट हो? एउटा रिपोर्ट बराबर कति रुपैयाँ दिन्छ?’ गोपालले आफ्नै भएको बताए। उनको कुरा सुनेपछि प्रहरीले रिपोर्ट हेर्दै उसको नाम, बुबाको नाम सोधे। तर‚ उनले उत्तर दिन सकेनन्। त्यसपछि गोपालले साथीको लिएर आएको प्रष्टीकरण दिए।  

त्यही समय गोपालको मोबाइलमा फोनको घण्टी बज्यो। उनले भने, ‘मलाई प्रहरीले समात्यो, त्यो रिपोर्ट लिएर आउन सकिनँ।’

त्यसपछि प्रहरीले गोपाललाई एउटा कोठामा लग्यो। केरकार गर्दा रिपोर्ट प्रमाणीकरण गरेर लगे बापत म्यानपावर कम्पनीले ३०० रूपैयाँ दिने गरेको उनले बताएको प्रहरीले बतायो। गोपालको कुरा सुनेपछि प्रहरीले फोन गर्ने व्यक्तिलाई फोन गर्न लगायो। उनले फोनमा भने‚ ‘प्रहरीले नछोड्ने भयो‚ जेल लैजान्छु भन्दैछन्‚ बचाउनु।’ उताबाट उत्तर आयो, ‘एक छिन पख‚ म त्यहाँको हाकिमसँग कुरा गर्छु।’

अरूको भर पर्दा ठगी

पछिल्लो समय विभागले दैनिक कम्तीमा १६ सय प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दै आएको छ। तीमध्ये १०० को हाराहारीमा म्यानपावर र एजेन्टले पठाएका व्यक्ति आउने गरेको विभागका अधिकारीहरू बताउँछन्।

सर्वसाधारणले आफैंले गर्न सक्ने काममा अरुको भर पर्दा समस्या देखिएको विभागका महानिर्देशक धनबहादुर वली बताउँछन्। सेवाग्राहीको सजिलोका लागि अनलाइन फारामको व्यवस्था गरिए पनि त्यसलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन नसकेको वलीले स्वीकारे।

जनचेतनाको अभावका कारण म्यानपावरको भर पर्ने र  सर्वसाधरणहरू ठगिने गरेको वली बताउँछन्। त्यसैले उक्त कामलाई व्यवस्थित गर्ने‚ सेवाग्राहीलाई ठगीबाट जोगाउन विभिन्न जिल्लामा काम गर्दै आएकोउनले बताए। अहिले १० वटा जिल्लाबाट कन्सुलर सेवाको काम सुरु गरिएको महानिर्देशक वलीले जानकारी दिए।

पछिल्लो समय सबैभन्दा बढी समस्या वैदेशिक रोजगारी क्षेत्रमा देखिएको वैदेशिक रोजगार विज्ञहरुले बताउँदै आएका छन्। सरकारले नियन्त्रण र नियमनमा चासो नदेखाउँदा उक्त समस्या आएको वैदेशिक रोजगार विज्ञ  सोम लुइँटेल बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP