कपिलवस्तु २८ पुस
छोरीलाई माइतीमै आएर हत्या गर्ने भारतीय ज्वाईलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ७ वर्ष पछि हत्या आरोपी ज्वाईलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने जयराम चमारको छोरा मुलायाम भन्ने सिकन्दर चमारलाई मङ्गलवार राती १०ः३० बजे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले चमारलाई पक्राउ गरेको थियो ।
चमारलाई नेपाल भारत सीमा स्थित यशोधरा गाउँपालिका ६ रङ्गपुर देखि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । चमारले २०७१ फागुन ३० गते ससुराली कृष्णनगर नगरपालिका ६ श्रीनगरमा श्रीमतीको हत्या गरी शव जलाएर फरार भएका थिए । मृतक किस्लावती चमारको माइती घर देखी ३ सय मिटर टाढा अरहरको खेतमा जलेको अवस्थामा शव फेला परेको थियो । घटना भएको २ दिन पछि कुकुरले किश्लावतीको शवका अंगहरु लतारेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि हत्याको रहस्य खुलेको थियो । प्रहरी उपरिक्षक दान बहादुर कार्कीले अपराध गरि फरार भएका, लुकेका वा लुकाइएका अपराधीलाई खोज्ने कार्य आफु आएदेखि सुरु गरेको र यस अभियानले निरन्तरता पाउने बताए । अपराध मुक्त समाज स्थापनका लागि समुदायस्तरबाट सहयोग भए प्रहरीले थप सफलता पाउने कार्कीको भनाई छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया