Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ट्याटु खोपाउन लाइन बस्दा बेहोस, अस्पताल पुर्‍याउँदा मृत्यु

काठमाडौं :  भक्तपुरमा ट्याटु खोपाउने लाइन बसेका एक युवकको मृत्यु भएको छ। मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा लाइन बस्दा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले जानकारी दिए।

बुधबार राति साढे १० बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएर ढलेका थिए। उनी बेहोस भएपछि आफन्तलाई खबर गरिएको थियो।

आफन्त र  ‘इन्क ट्याटु’का सञ्चालक आरुष मल्लले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेको प्रवक्ता पाण्डेले बताए।

अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए। 

मृतकको स्थायी घर मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली भएपनि उनी  काठमाडौंको कोटेश्वरमा बस्ने गरेको पाण्डेल बताए।

‘हामीले अन्य कोही उनको हत्यामा संग्लन छ कि भनेर अनुसन्धान गरिरहेका छौं। प्रारम्भिक अनुसन्धानका क्रममा संचालकसहित अन्य ३ जनालाई सोधपुछ गरेका छौं’, उनले भने, ‘हालसम्म हत्या नै गरिएको हो भन्ने देखिएको छैन।’

शव पोस्टमार्टमका लागि अस्पताल लगिएको प्रवक्ता पाण्डेले बताए।

  • थाहाखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP